फिल्म ‘गणपति’ निर्माण हुने
अ विग म्यान फिल्मस्को ब्यानरमा फिल्म ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘गणपति’ निर्माण घोषणा गरिएको हो । माघ २ गतेबाट छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक सविन अधिकारीको तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्नेछन्
फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, देबेन्द्र बब्लु, श्रीदेव वि.एल, शुशील पोखरेल लगायतका कलाकारको अभिनय रहनेछ । तनहुँ बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने फिल्मलाई हरिबहादुर घलेले खिच्नेछन् ।
विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहने फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, फिल्मलाई गोविन्द शाहीले देशभर वितरण गर्ने जिम्मा लिएका छन् । फिल्मको गीतमा अनिस अधिकारीको शब्द तथा संगीत रहनेछ भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज भर्नेछन् । त्यस्तै, स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले फिल्मको ओभरसिज राइट्स लिएको छ ।
For More videos Log on to Mazzako TV









