सलमानको बर्थडे केक काट्न पुग्दा कलाकारको आलोचना
अभिनेत्री सुष्मा कार्की, अभिनेता भूवन केसी, कलाकार प्रशान्त ताम्राकार लगायतले अभिनेता सलमान खानको आइतबार परेको जन्मदिनमा केक काटे । राजधानीको दरबारमार्गमा आयोजना भएको कार्यक्रममा पुगेका सुष्मा, भूवन र प्रशान्तले रमाइलो गरे । नेपाली फिल्मका कलाकारले नेपालमै उपस्थित नभएका बलिउड अभिनेताका लागि केक काटेपछि यतिबेला सामाजिक संजाल, मिडिया र टिकटकमा उनीहरुको चर्को आलोचना भएको छ ।
अभिनेत्री सुष्मा कार्कीले अभिनेता सलमान खानलाई केही बर्ष अघि लण्डनमा भेटेकी थिइन् । सो भेटको गफ दिन अझै पनि उनले छाडेकी छैनन् । यसैले, उनले यो बर्ष पनि सलमानको जन्मदिनमा केक काट्दा खुशी मात्र मनाइनन्, मिडियालाई सलमानसँगको भेटको बारेमा पनि बताइन् ।
नेपाली कलाकारले एक बलिउड कलाकारको बारेमा यत्रो खुशी साट्दै गर्दा दर्शकले भने चर्को आलोचना गरे । दर्शकलाई नेपाली फिल्म हेर भन्ने अनी बलिउड कलाकारको जन्मदिनमा पुगेर केक काटेर फुर्ती गर्ने भन्दै दर्शकले आलोचना गरिरहेका छन् ।









