पूजाको टार्गेट कोतिर ?
अभिनेत्री पूजा शर्मा बेलाबखल सामाजिक संजालमा आफ्नो भनाइ राख्छिन् । पूजाको भनाई उनको करिअरदेखि उनको आलोचना गर्नेसम्मलाई हुन्छ । अभिनेत्रीको भनाई कोही न कोहीप्रति लक्षित रहेको देखिन्छ । अभिनेत्री पूजा शर्मा अहिले चितवनमा छिन् ।
नयाँ बर्ष मनाउन उनी चितवन पुगेकी हुन् । पूजाले चितवन पुगेको बेलामा एउटा तस्वीर राख्दै स्टाटस लेखिन् । जसमा, उनले आफ्नो मुल्यांकन गर्नु अगाडि आफू त्यो कुरामा लायक छ या छैन भनेर हेर्न भनेकी छिन् । पूजाको अर्थ, यदि कसैले उनको मुल्यांकन गर्छ भने उनको मुल्यांकन गर्नका लागि त्यो व्यक्ति लायक हुनुपर्छ ।
पूजाले यो भनाई कोतिर टार्गेट गरेकी हुन् यो उनले नै जान्ने कुरा भयो । तर, पूजा आफ्नो स्टारडम र क्रेजका कारण चर्चामा छिन् । यसैले पनि उनले महंगो रकम लिएर फिल्म खेल्ने गरेकी छिन् ।









