फिल्ममा फर्किन आतुर सुपुष्पा
अभिनेत्री सुपुष्पा भट्टले आफू फिल्मको सेटमा फर्किन आतुर रहेको उल्लेख गरेकी छिन् । कोरोनाका कारण फिल्मको काम नभएपछि सुपुष्पाले २ वटा म्यूजिक भिडियोमा काम गरिन् । तर, अब आफू फिल्मको सेटमा फर्किन आतुर रहेको उनको भनाई छ । कोरोनाका कारण आफूलाई मात्र नभई सिंगो विश्वलाई नै असर परेको उनले बताइन् ।
यसैले यो कुरालाई आफूले सामान्य रुपमा नै लिएको सुपुष्पा बताउँछिन् । सुपुष्पाले फिल्मको सेटमा हुने रमाइलो, एक्सन र कट मिस गरिरहेको बताएकी छिन् । कोरोनाका कारण फेरि आफूले करिअरको सुरुवात गर्नुपर्ने उनको वुझाई छ ।
रणवीर छ माया छपक्कैमा काम गरेपछि सुपुष्पालाई दर्शकले चिन्न थालेका थिए । उनी अभिनित सिनेमा चपली हाइट ३ रिलिजका लागि तयार छ । सुपुष्पाले चपली हाइट ३ लाई पनि नविर्सन दर्शकसँग अपिल गरिन् ।









