अभिनेता प्रदिप खड्काको हातमा फिल्मको अभाव छैन । २ वटा फिल्म असफल भएपनि प्रदिपलाई निर्माताले अझै विश्वास गरेका छन् । प्रदिपको हातमा फिल्म नै फिल्म छ । प्रदिपले निर्देशक दिनेश राउतको नयाँ फिल्म प्रकाशको छायांकन सुरुमा हुने बताएका छन् । यो फिल्ममा उनी सपना देखेको एक कलेज ब्वाइको भूमिकामा देखिदैछन् ।

फिल्मको छायांकन जुम्लामा हुनेछ । जुम्लाबाट राजधानीसम्मको एक यूवाको यात्रा फिल्मले बोल्नेछ । प्रदिपले यसपछि हेमराज वीसीको फिल्मको काम हुने बताए । यो फिल्ममा उनले साम्राज्ञी आर एल शाहसँग काम गर्दैछन् । तर, यो फिल्म बन्ने वा नबन्ने पक्का छैन । यो फिल्मपछि प्रदिपले हुतुतमा काम गर्ने बताए ।

फिल्ममा प्रदिपसँगै हरिवंश आचार्य, पल शाह, गौरव पहारी, नाजिर हुसेन लगायतका कलाकारको अभिनय रहेनछ । यसरी हेर्दा प्रदिपको हातमा फिल्म नै फिल्म छ । उनले रिलिजका लागि तयार भएको फिल्म प्रेमगीतलाई भने आफ्नो सवथोक भनेका छन् ।

For More videos Log on to Mazzako TV