पुरानै फिल्मले कहिलेसम्म चल्ला ?
निर्माता दीपकराज गिरीले नयाँ फिल्म बनाउने सुरसार गरेका छैनन् । उनले छक्का पन्जा ४ बनाउने बताएपनि यो फिल्म तत्काल सुरु नगर्ने उनको योजना छ । कारण, अहिले नै सिनेमा हेर्ने माहोल नभएको र दर्शकले फिल्मलाई अत्यावश्यक चिजको रुपमा पनि नहेर्ने उनको तर्क छ । दीपकले नयाँ फिल्म बनाउने सुरसार नगरिरहेको अवस्थामा पनि नेपाली फिल्मका हल भने खुलेका छन् । हलमा पुरानै फिल्म लागेका छन् । तर, हलमा शुक्रबार र शनिबारको बिदामा पनि दर्शक छैनन् । यसको अर्थ, पुरानो फिल्म वर्कशप मात्रै हो, पुरै फिल्म सुरु हुनका लागि नयाँ फिल्म नै चाहिन्छ ।
हल संचालकहरु वातावरण बन्ने भन्दै पुरानो फिल्म चलाएर भएपनि अघि बढ्ने सोचमा छन् । तर, पुरानो फिल्मले कहिलेसम्म चल्छ । पुरानै फिल्म चलाएर माहोल बन्ला कि नबन्ला । किनकी, युटुबमा गतबर्ष रिलिज भएका नयाँ फिल्म धमाधम रिलिज भैरहेको अवस्थामा पुरानो फिल्मले दर्शकलाई हलमा आकर्षित गर्ने संभावना छैन ।
नयाँ फिल्म चलाउने जोखिम अहिले कुनै पनि निर्माताले नगर्ने अवस्था छ । यस्तो अवस्थामा निर्मातालाई पनि केही हदसम्म सुरक्षित बनाउने बाटो रोज्दै अघि बढ्दा फाइदा हुने विश्वास गर्न सकिन्छ । अभिनेता प्रदिप खड्काले पनि राम्रो नयाँ फिल्म चलाएमा दर्शक हलसम्म आउने बताएका थिए ।
For More videos Log on to Mazzako TV








