क्रिसमसमा अदिती
अभिनेत्री अदिती वुढाथोकी मुम्बई पुगेकी छिन् । नेपालमा ८ महिना बस्दा पनि कोरोना कारण सिनेमाको छायांकन सुरु हुन नसकेपछि उनी मुम्बई पुगेकी हुन् । मुम्बई पुगेकी अदिती फोटो सेसनमा नै व्यस्त छिन् । उनले क्रिसमसको अवसरमा पारेर फोटोसुट गरिन् र इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।
सामाजिक संजाल इन्स्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स कमाएकी अदितीले दैनिक कुनै न कुनै फोटो राख्ने गरेकी छिन् । जसमा हजारौ लाइक र प्रतिक्रिया आउने गरेका छन् । अदितीले जस्तै नेपाली फिल्मका केही अभिनेत्रीहरुले पनि क्रिसमसको तस्वीर राखेका छन् ।
क्रिसमसको तस्वीरमा अदिती सुन्दर देखिएकी छिन् । उनी, सिनेमाको छायांकन सुरु भएको खण्डमा फेरि नेपाल आउने तयारीमा छिन् ।











