एकतर्फी हल खुल्यो, सरकारले के गर्ला ?
९ महिनादेखि बन्द रहेका हल आजबाट खुलेका छन् । हलमा नेपाली फिल्म आमा र सेन्टी भाइरस लागेका छन् । हल खोल्ने निर्णय एकतर्फी रुपमा गरेका फिल्मीकर्मीलाई जिल्ला प्रशासन कार्यलय, काठमाण्डौले छलफलमा बोलायो । छलफलमा सहभागी भएका व्यवसायीहरुलाई आज बस्ने मन्त्रीपरिषदको बैठकमा एजेन्डाको रुपमा प्रस्तुत गर्ने आश्वासन जिल्ला प्रशासन कार्यलयले दिएको हो ।
चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार, एजेन्डा प्रस्तुत भएर मिति तोकेर हल खोल्ने दिन भनिएको खण्डमा सोही मितिबाट हल चलाउन व्यवसायी सहमत छन् । तर, फेरि झुक्याउने काम भयो भने हल सुचारु हुने अशोकको तर्क छ । सरकारले अहिलेसम्म कुनै पनि हलमा बल भने प्रयोग गरेका छैन । हल खोल्ने निर्णयलाई चलचित्रकर्मीले आन्दोलनको रुपमा लिएका छन् ।









