के अमेरिकामा खिचिनेछ ए मेरो हजुर ४ ?
कोरोना महामारीका कारण फिल्मको छायांकन नेपालमै गर्न पनि सहज छैन । विदेशी लोकेशनमा खिचिने भनिएका सिनेमाका निर्माताले नेपालमै सिनेमा खिचिरहेका छन् । तर, सिनेमा ए मेरो हजुर ४ को गीतको छायांकन भने अमेरिकामा गर्ने तयारी गरिएको छ । अभिनेत्री सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा अमेरिका पुगेका छन् ।
उनीहरु अमेरिकामा अभिनेत्री सुहाना थापाको अध्ययन र पारिवारिक भेटघाटका लागि गएका हुन् । तर, सिनेमाको एउटा गीतको छायांकन अमेरिकामा गर्ने तयारी पनि गरिएको वुझिएको छ । गीतको छायांकनको चाँजोपाँजो मिलेपछि अभिनेता अनमोल केसी पनि अमेरिका पुग्ने वुझिएको छ । सिनेमाको छायांकन नेपालमा भने रोकिएको छ ।
अभिनेता केसी १० केजी तौल घटाएर बिरामी जस्तो देखिनुपर्ने भएपछि सिनेमाको छायांकन रोकिएको हो ।









