अभिनेत्री केकी अधिकारी फिल्म निर्माणमा सक्रिय रुपमा लाग्ने तयारीमा छिन् । केकीले कोहलपुर एक्सप्रेस बनाएपछि यसलाई चोरीको आरोप लाग्यो । केकी जस्ती अभिनेत्रीलाई अर्गानिक कथामा फिल्म बनाउन नसकेको आरोप लाग्यो । यसपछि केकी नयाँ सिनेमा बोक्सीको घर बनाउने तयारीमा छिन् ।

यो सिनेमालाई भने पूर्ण रुपमा अर्गानिक बनाउने तयारी उनको छ । केकीले आफूलाई सिनेमा निर्माणमा जस्तो सन्तुष्टी अरुमा नहुने बताएकी छिन् । केकीका अनुसार, तनाव नै लिनुछ भने फिल्म बनाएरै लिदा ठिक होला भनेर उनले फिल्म बनाइरहेकी छिन् । केकीले बोक्सीको घर र कहानी तिम्रो मेरो बनाउने तयारी गरिरहेकी छिन् ।

बोक्सीको घरको छायांकन फागुणबाट सुरु गर्ने योजनामा केकी छिन् । केकीले आफूलाई चोरीको आरोपबाट मुक्त हुनुछ समेत भनेकी छिन् । यसैले बोक्सीको घर जस्तो अर्गानिक कथामा फिल्म बनाउन लागेको उनको तर्क छ ।

For More videos Log on to Mazzako TV