रोकिएका फिल्म पौष १० मा रिलिज हुने
पौष १० गतेबाट हल खोल्ने एकतर्फी निर्णय लिएका हल व्यवसायीहरुले पुरानै चलचित्र चलाउने तयारी गरेका छन् । फागुणको ९ गतेबाट हलमा रिलिज हुँदा हुँदै रोकिएका आमा र सेन्टी भाइरस पौष १० गतेबाट रिलिज हुने वुझिएको छ ।
नयाँ सिनेमा पनि नभएको, सेन्सरको झन्झटमा पनि लाग्न गाह्रो पर्ने भएकाले उनीहरुले यसअघि नै रिलिज भएर कोरोनाका कारण मर्कामा परेका आमा र सेन्टी भाइरस रिलिज गर्ने तयारी गरेका छन् । दिपेन्द्र के खनालको निर्देशनमा बनेको आमा र रामबाबु गुरुङको निर्देशनमा बनेको सेन्टी भाइरस रिलिज हुँदा हुँदै कोरोनाका कारण पुर्ण रुपमा रिलिज हुन पाएका थिएनन् ।
जसलेगर्दा, हलमा आउनुपर्ने रकम समेत निर्माताले वुझ्न पाएका छैनन् । अहिले पुरानै नेपाली फिल्म चलाउने र विस्तारै ओटीटी प्लेटफर्ममा रिलिज भएका हिन्दी फिल्म ल्याउने तयारी हल संचालकहरुको छ ।
For More videos Log on to Mazzako TV









