अभिनेत्री शिल्पा पोखरेल गतबर्ष विवादमा परिन् । निर्माता छविराज ओझासँगको विवादका कारण शिल्पाको व्यक्तिगत जीवन संचारमाध्यममा सार्वजनिक भयो । यहीकारणले गर्दा पनि शिल्पा पोखरेल यो बर्ष जन्मदिनमा खासै उत्साहित छैनन् । छवि र शिल्पाको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ ।

यसैले पनि शिल्पाले जन्मदिनमा कुनै उत्साह नभएको हो । अघिल्ला जन्मदिनमा जीवनलाई कसरी राम्रो बनाउने भनेर सोच्ने गर्थिन् शिल्पा । तर, यो बर्ष उनले यो बिषयमा भन्दा पनि अब भगवान्ले जे चाहन्छन् सोही अनुसार हुने भनेर सोचेकी छिन् । शिल्पाले नयाँ जीवनसाथीको बिषयमा पनि नसोचेको बताएकी छिन् ।

शिल्पाका अनुसार, उनी अहिले कुनै पनि नयाँ कुराको सोचमा छैनन् । छविराजले नै बनाएको सिनेमा लज्जाबाट नेपाली फिल्ममा प्रवेश गरेकी शिल्पा अहिले फिल्म क्षेत्रमा सक्रिय छिन् । तर, उनको करिअर सुखद रुपमा अघि बढेको छैन ।

For More videos Log on to Mazzako TV