अब पहिलो जस्तो भीडभाड हुने छैन गोपिकृष्ण
राजधानीको गोपिकृष्ण हलका ४ पर्दा रहेको भवन भत्काउन सुरु गरिएको छ । ३ दिनदेखि भवन भत्काउन सुरु गरिएको म्यानेजर प्रदिप दाहालले जानकारी दिए । उनका अनुसार, गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ ।
अब, दर्शकले ओम, नम र शिवायमा मात्र फिल्म हेर्न पाउनेछन् । अब, यहाँ सपिङ मल बनाइनेछ । जसको छतमा गोपि र कृष्ण नाममा २ हल बनाइने बताइएको छ । गोपि र कृष्ण हललाई चलचित्र संघ र चलचित्र निर्माता संघको सहमती अनुसार मल्टिप्लेक्स हल मानिएको थियो ।
एक छातामा ७ पर्दा रहेको गोपिमा दर्शकको मारामार भिड रहँदा २५ सय भन्दा बढी दर्शकले एक शोमै फिल्म हेर्दै आएका थिए । अब, ओम, नम र शिवायमा करिब ६ सय दर्शकले फिल्म हेर्न सक्नेछन् । ओम हललाई थ्रिडी पर्दामा रुपान्तरण गरिनेछ भने अरु पर्दामा चिम र पर्दा फेरिनेछ ।
For More videos Log on to Mazzako TV








