अभिनेत्री केकी अधिकारी आजबाट ३१ बर्षमा प्रवेश गरेकी छिन् । केकीले आज जन्मदिनमा खासै नयाँ कार्यक्रम केही पनि नभएको बताइन् । उनले परिवारसँग डिनर पार्टी गर्ने पनि बताएकी छिन् । नेपाली फिल्म स्वरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी केकी अहिलेकी चलेकी अभिनेत्री हुन् । उनले अभिनय गरेको फिल्म छ माया छपक्कैले बक्स अफिसमा धमाका व्यापार गरेको थियो ।

केकीले करिअरमै दिएको पहिलो हिट फिल्म छ माया छपक्कै हो । तर, उनको हातमा सिनेमाको अभाव भने छैन । सिनेमा कोहलपुर एक्सप्रेस निर्माण गरेर उनी निर्माताको रुपमा अघि आएकी थिइन् । उनी अब बोक्सीको घर नामक सिनेमाको निर्माणमा व्यस्त हुँदैछिन् ।

केकी अधिकारी म्यूजिक भिडियो, विज्ञापनमा पनि व्यस्त छिन् । हालसम्म अविवाहित रहेकी केकीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

For More videos Log on to Mazzako TV