जेनिशाले विराजसँगै फिल्म बनाउने
नेपाली फिल्ममा काम गर्दा गर्दै मुम्बई पुगेकी अभिनेत्री जेनिशा केसी दुबइमा छिन् । दुबइमा रहेर उनले व्यवसाय गरिरहेकी छिन् । दुबइमा रहेकी जेनिशाले बिहे नगरेको र प्रेममा पनि नरहेको बताइन् ।
जेनिशाले अब आफै फिल्म बनाउने र अभिनय गर्ने तयारी गरेकी छिन् । कोभिडको अवस्था सामान्य भएपछि फिल्म बनाउने उनको तयारी छ । जेनिशाले अरु ब्यानरका सिनेमामा भने काम नगर्ने बताएकी छिन् ।
जेनिशाका अनुसार, उनको फिल्ममा अभिनेता विराज भट्टकै मुख्य भूमिका रहनेछ । विराजसँग उनले सिनेमा बनाउने बताइन् । जेनिशाका अनुसार उनी र अभिनेता विराज भट्टविचको केमेष्ट्रीलाई दर्शकले रुचाएका छन् ।









