अभिनेत्री स्वस्तिमा खड्का लकडाउन पछि सर्वाधिक महंगो पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् । उनले निर्माण हुन लागेको नयाँ सिनेमा चिसो मान्छेका लागि १८ लाख पारिश्रमिक लिएकी छिन् । यो उनले लिएको हालसम्मकै महंगो पारिश्रमिक हो ।

यो सिनेमाको निर्देशन दिपेन्द्र के खनालले गर्दैछन् । सिनेमालाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । सिनेमाका लागि स्वस्तिमाले लामो समय दिनुपर्नेछ । सिनेमाको सुरुवातदेखि अन्त्यसम्म नै उनको अभिनय रहने भएकाले पनि उनले महंगो पारिश्रमिक लिएकी हुन् ।

निर्देशक दिपेन्द्र के खनालले पनि सिनेमाका लागि स्वस्तिमालाई महंगो पारिश्रमिक दिएको र उनले दिनुपर्ने समय अनुसार पारिश्रमिक ठिक रहेको बताए ।

For More videos Log on to Mazzako TV