फिल्म दाल भात तरकारी युटुबमा आएको छ । युटुबमा आएको एक सातामा यो फिल्म हेर्ने दर्शकको संख्या २२ लाख छ । फिल्म अहिले नेपालको नम्बर १ युटुब ट्रेन्डिङमा छ । सुदन केसीले निर्देशन गरेको यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

यो सिनेमालाई दर्शकले हलमा भने औषत रुपमा मात्र मन पराएका थिए । दर्शकले र समिक्षकले फिल्मलाई ताली भन्दा गाली धेरै गरेका थिए । यस्तै प्रतिक्रिया युटुबमा पनि आउने भयले यो फिल्मको निर्माणपक्षले कमेन्ट बक्स भने बन्द गरेको छ । दर्शकले फिल्म हेरिसकेपछि प्रतिक्रिया दिन नपाउने बनाइएको छ ।

हलमा दर्शकले गाली गरेपनि युटुबमा दर्शकले माया नै गर्थे कि, किन यसको टिम हतोत्साही भएको होला खै ?

For More videos Log on to Mazzako TV