वर्षाको प्रेम यात्रा
अभिनेत्री वर्षा सिवाकोटीले आफ्ना प्रेमी सविनजंग थापासँगको प्रेमलाई अब भने लुकाउन छाडेकी छिन् । उनले सविनसँगको प्रेमलाई स्पष्ट पार्दै अब एकसाथ यात्रा सुरु गरेको बताएकी छिन् । जसले गर्दा पनि वर्षा कतै सविनसँग बिहे त गर्न लागेकी छैनन् भन्ने शंका उत्पन्न भएको छ ।

सामाजिक संजालमा सविनसँग मोटरसाइकल यात्रा सुरु गर्न लागेको फोटो पोष्ट गरेर वर्षाले अहिलेसम्म एक्लै यात्रा गरेको र विभिन्न वाधा आएको भन्दै अब एकसाथ अगाडि बढ्ने मान्छे पाएको उल्लेख गरेकी छिन् । यो यात्राका लागि आफू तयार भएको उनको भनाई छ । यसले पनि वर्षा र सविनले बिहे गर्न लागेको शंका उत्पन्न भएको हो ।

अमेरिकामा खासै कुनै कार्यक्रम नभएपनि प्रेमीसँग समय बिताउन मात्रै वर्षा दशैंको टिका सकेर त्यता लागेकी थिइन् । यसपछि उनले सामाजिक संजालको माध्यमबाट प्रेमलाई खुलाउँदै आएकी छिन् ।
For More videos Log on to Mazzako TV







