आर्यनको आशा
अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा काम गर्दैछन् । उनले काम गर्न लागेको नयाँ फिल्मको नाम डिसेम्बर फल्स हो । यो फिल्ममा आर्यन चकलेटी भूमिकामा नै देखिदैछन् ।
आर्यन सिग्देलले करिअरमा विभिन्न भूमिकामा अभिनय गर्न नखोजेको होइनन् । तर, उनले सोचेजस्तो भयो । चकलेटी हिरो भन्दा बदलिएर उनले काम गरेको फिल्मले काम गरेन । यसपछि उनले फेरि चकलेटी हिरोको भूमिकामा नै फर्किएका छन् ।
आर्यन सिग्देल आफूले विभिन्न भूमिका गरेपनि दर्शकले चकलेटी भूमिकामा नै माया गरेको बताउँछन् । यही भएर उनले डिसेम्बर फल्समा यस्तै भूमिकामा काम गर्न लागेका हुन् ।
आर्यन सिग्देल अब कम फिल्म खेल्ने पनि बताउँछन् । कम फिल्म खेल्ने तर राम्रो कथामा काम गर्ने उनको सोच छ । तर, आर्यनको सोच अनुसारको फिल्म आउँछ कि आउँदैन भन्ने पनि हो ।
आर्यनले करिअरमा फेरि एकपटक चम्किने आशा त राखेका छन् । तर, के सहज होला त उनलाई ।









