फेरियो ए मेरो हजुर ४ निर्माताको निर्णय ?
निर्माता सुनिल कुमार थापाले सिनेमा ए मेरो हजुर ४ को छायांकन सुरु गर्ने निर्णय बदलेका छन् । गएको शुक्रबारदेखि यो सिनेमाको छायांकन सुरु गर्ने योजना उनको थियो । तर, यो सिनेमाको छायांकन तोकिएको मितिमा हुन सकेन । निर्माता थापाले केही दिन अघि मिडियासँग कुरा गर्दै सिनेमाको छायांकन सुरु गर्ने जानकारी दिएका थिए ।
तर, ए मेरो हजुर ४ को छायांकन अब सरकारले अनुमति दिएपछि मात्रै सुरु हुनेछ । सरकारले अनुमति नदिई छायांकन सुरु गर्दा जोखिम हुने भएकाले पनि निर्माताले यो काम सुरु गर्न नसकेका हुन् । सिनेमा ए मेरो हजुरको ५० प्रतिशत काम सकिएको छ ।
निर्माता थापाले करिब १५ दिन काम गर्न पाएको खण्डमा गीत बाहेक सबै काम सकिने बताएका छन् । सरकारले अनुमति दिएको भोलीपल्टै छायांकन सुरु गर्ने उनको योजना छ । झरना थापाले निर्देशन गरिरहेको यो सिनेमामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV








