हरिवंश दम्पतीलाई कोरोना
वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार आफ्नो सामाजिक सञ्जाल मार्फत कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
कलाकार आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोछ । ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं।’ हरिवंशले फेसबुकमा लेखेका छन्,- ‘कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ।’
उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन्।
For More videos Log on to Mazzako TV








