निर्देशक दीपाश्री निरौला टेलिभिजन कमेडी शो मुन्द्रेको कमेडी क्लबबाट अलग भएकी छिन् । उनको स्थानमा अभिनेत्री करिश्मा मानन्धर आएकी छिन् । दीपाले ७० भाग भन्दा बढी यो शोमा अध्यक्ष भएर काम गरिन् ।

कि ले निर्माण गर्दै आएको यो शोमा अध्यक्ष भएर छायांकन गरेपछि अभिनेत्री करिश्मा मानन्धरले खुशी व्यक्त गरेकी छिन् । यस्तै, दीपाश्री निरौलाले भने शोमा लामो समयसम्म काम गर्न पाउँदा खुशी व्यक्त गरेकी छिन् । दीपाश्री र अभिनेता राजेश हमालको विषयमा विवाद बढेको थियो ।

यसपछि, विज्ञापनमा असर पर्ने सोचेर कि ले नै उनको स्थानमा अर्को कलाकार ल्याउने तयारी गरेको थियो । दीपाले यसलाई स्विकार गरेको बताइन्छ ।

For More videos Log on to Mazzako TV