बिपिन कार्कीको ‘सेल्फी किङ’ युट्युवमा
अभिनेता बिपिन कार्कीको अभिनय रहेको फिल्म ‘सेल्फी किङ’ युट्युवमा रिलिज गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको फिल्म गतबर्षको माघको अन्तिम साता प्रदर्शनमा आएको थियो । फिल्ममा एक कलाकारको संघर्षको कथा प्रस्तुत गरिएको छ । फिल्मले हलमा भने सोचे जस्तो ब्यापार गर्न सकेन ।
सुभाष थापाको निर्माणमा बनेको यो फिल्ममा विपिनसँगै लक्ष्मी वर्देवा, अभय बराल, केकी अधिकारी अभिनयमा छन् । सुभाष थापालाई दिनेश राउतले निर्माणमा सघाएका छन् ।









