अभिनेत्री परमिता आर एल राणाले जीवनमा थुप्रै सफलता र असफलता देखिइन् । बुढानिलकण्ठमा भएको कार दुर्घटनाका क्रममा सोही कारमा रहेकी परमिताको सो घटनापछि जीवनको बारेमा सोचाई र वुझाई बदलियो । उनले, जीवनमा भौतिकवादी चिजहरुले दिने खुशी क्षणिक रहेको बताउन थालेकी छिन् ।

आफ्नो २७ औं जन्मदिन मनाउने क्रममा पखोला गाउँको श्री कालिदेवी माध्यमिक विद्यालय पुगेकी परमिताले विद्यार्थीहरुसँग खुशी साटिन् । उनले, जीवनमा भौतिकवादी कुराले खासै महत्व नराख्ने पनि बताएकी छिन् । मरेर लैजाने कुरा केही नभएको भन्दै परमिताले अरुलाई सकेसम्म सहयोग गर्नुपर्ने तर्क गर्न थालेकी छिन् ।
सेवा नै ठूलो धर्म भएको उनको तर्क छ । यसले पनि उनले जीवनको बारेमा वुझाई बदलेको वुझ्न सकिन्छ ।

For More videos Log on to Mazzako TV