‘दर्पण छायाँ फेरि’ लाई उत्तमले निर्देशन गर्ने
अभिनेता उत्तम प्रधान लामो समयदेखि भारतमा बस्छन् । भारतमा रहेर पनि उनले नेपाली फिल्मको विकासका लागि काम गरिरहेका छन् । उनै, उत्तम प्रधान अब सिनेमाको निर्देशन र अभिनय गर्दैछन् । उत्तम प्रधानले सिनेमा दर्पण छायाँ फेरिमा काम गर्ने भएका छन् ।
उत्तम आफैले यो सिनेमाको कथा लेखिरहेका छन् । लकडाउन अगाडि नै सिनेमाको छायांकन गर्ने कुरा थियो । तर, लकडाउनका कारण सिनेमाको काम रोकियो । यसपछि भने यो सिनेमाको काम लकडाउन खुलेपछि सुरु गर्ने योजना बनाइएको छ । सिनेमा दर्पण छायाँ फेरिलाई तुलसी घिमिरेले निर्देशन गर्ने चर्चा थियो ।
तर, अब यो सिनेमालाई उत्तम प्रधान आफैले निर्देशन गर्दैछन् । सिनेमामा उत्तमको साथमा दिलिप रायमाझी, निरुता सिंहको मुख्य भूमिका रहनेछ । हिट फिल्म दर्पण छायाको सिक्वेलको रुपमा यो सिनेमा बन्नेछ ।









