दर्पण छाया फेरिमा निरुता, दिलिप र उत्तम
सिनेमा दर्पण छायाँका कलाकारहरुले यसको सिक्वेल बनाउने तयारी गरेका छन् । फिल्मका मुख्य कलाकारहरु निरुता सिंह, दिलिप रायमाझी, उत्तम प्रधान मिलेर यो सिनेमाको सिक्वेल बनाउन लागेका हुन् । नेपाली फिल्ममा दर्पण छायाँ सर्वाधिक हिट सिनेमा हो ।
यो सिनेमाको नाममा दर्पण छायाँ २ बनेपनि त्यो चलेन । अब भने सिक्वेल नै बनाउने तयारी कलाकारहरुले गरेका हुन् । सिनेमालाई तुलसी घिमिरेले नै निर्देशन गर्दैछन् । सिनेमाको कथा उत्तम प्रधानले लेखेका हुन् ।
आधुनिक कथामा उत्तमले राम्रो कथा लेखेको बताइएको छ । सिनेमा दर्पण छायाँ फेरिको छायांकन लकडाउन खुलेपछि गरिनेछ । यसका लागि निरुता र उत्तम नेपाल आउनेछन् ।
For More videos Log on to Mazzako TV








