स्व. केशव भट्टराईको परिवारलाई हस्तारण (भिडियो)
स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितिले सहयोग रकम हस्तारण गरेका छन् । पुर्व चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशब भट्टराईको असमायिक निधन भएपछि उनको परिवारलाई व्यवस्थापनमा सहयोग गर्नका लागि रकम हस्तारण गरिएको हो ।
निर्माता राजकुमार राईले स्वर्गिय भट्टराईका धर्मपत्नी नीता भट्टराईलाई सहयोग बाट उठेको सबै रकम जनही ३४ लाख हस्तानतरण गरेका हुन् ।

देश तथा विदेशमा रहेका फिल्मर्कीहरुले उक्त अभियानमा साथ दिदै सहयोग गरेका थिए । विदेशमा रहेका फिल्मकर्मी नारायण पुरी, कृष्ण चापागाई, सुमन दाहाल, शुरेश दर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती,
गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, रिचा घिमिरे, दिलिप रायमाझि, जल शाह, सारङगा श्रेष्ठ, राज भल्लव कोईराला, भानु प्रताप, जीवन लुईटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामालगायतका सयौं कलाकारहरुले लाखौंको मात्रामा सहयोग पठाएका छन् ।
यस्तै नेपालबाट समितिमा रहेका सदस्यहरु स्वंम र अन्य चलचित्र कर्मीहरुले पनि रुपैया संकलन गरेका छन् । जसमा राज कुमार राई, छक्का पञ्जा टिम, प्रभु शम्शेर जवरा, ओम अग्रवाल, नरेन्द्र मर्हजन, छविराज ओझ, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार संघ हेटौंडा शाखा, फिल्म आमा टिम, आकाश अधिकारी, शिशिर भण्डारी लगायतले सहयोग गरेका छन् ।
परिवारमा देखिएको विविध समस्यालाई समाधान गर्न सहयोग पुग्ने गरि राज कुमार राईको संयोजकत्वमा नरेन्द्र महर्जन, दीपा श्री निरौला, आकाश अधिकारी, प्रकाश सुवेदी, बसुन्धरा भुषाल, निकिता पौडेल, गिरिश शर्मालगायत सदस्यहरु रहने गरि सहयोग समिति गठन गरिएको थियो ।








