कसलाई प्रेम गर्छिन् सारा ?
अभिनेत्री सारा सिर्पालीको सुन्दरताको चर्चा हुन्छ । तर, उनलाई सिनेमाको करिअरमा भने फाइदा मिलेको छैन । साराले अभिनय गरेका सिनेमा असफल भए । पिजडा, रुद्र र सुश्री सम्पत्ती पूर्ण रुपमा असफल भएपछि उनलाई समस्या परेको छ ।
यसैले सारा नयाँ सिनेमा गुञ्जनको प्रतिक्षामा छिन् । सारा सिर्पालीको इन्स्टाग्राम हेर्दा उनी प्रेममा रहेको गुञ्जायस पनि हुन्छ । सुश्री सम्पत्ती रिलिजको समयमा उनी र अभिनेता अनमोल केसीविच प्रेम रहेको चर्चा चल्यो । तर, यो हल्लै हल्लामा सकियो ।
उनै, साराले इन्स्टाग्राममा के कसैलाई थाहा छ म कति माया गर्छु भनेर लेखिन् । आफ्नो मायाको अर्थ नवुझेपछि वा समय नदिएकाले उनले यो लेखेकी हुन् कि । तर, सारा कसैको प्रेममा रहेको त वुझ्न सकिन्छ ।









