नेपाली सिनेमाका चर्चित अभिनेता राजेश हमालले चलचित्र प्राविधिकहरुलाई रकम सहयोग गरेका छन् । हमालले राजधानीमा आयोजित एक कार्यक्रममा ११३ जना प्राविधिकलाई रकम सहयोग गरे । हमालले एक जना प्राविधिकलाई ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

जसअनुसार, उनले ५ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका थिए । नायक राजेश हमालले प्राविधिकहरुलाई आफूले सधै नै उच्च विन्दुमा राखेको भन्दै थोरै रकम भएपनि सहयोग गर्न पाएको बताएका थिए । नायक राजेश हमालले आगामी दिनमा पनि अवस्था कमजोर भएको खण्डमा सहयोग गर्दै जाने बताएका थिए । नायक राजेश हमालले सरकम सहयोग गर्दा प्राविधिकहरु खुशी देखिएका थिए ।

For More videos Log on to Mazzako TV