अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँछु २ रिलिज हुन पाएन । लकडाउन भएका कारण सिनेमाको प्रदर्शन मिति अझै पनि पक्का छैन ।

यसैले पनि सिनेमाको काम नहुदा पल र पूजाले म्यूजिक भिडियोमा काम गरिरहेका छन् । पल र पुजाको जोडीलाई लिएर म्यूजिक भिडियो बनाउन चाहने निर्माताको संख्या प्रशस्तै छ । पल र पुजाले लकडाउनको समयमा २ वटा भिडियो खेले । दर्शकले पहिलो भिडियोलाई रुचाए । पल र पुजाको केमेष्ट्रीलाई लिएर दर्शक पनि उत्साहित छन् ।

यसैले पनि पल र पुजाको जोडीलाई म्यूजिक भिडियो बनाउनेहरु पनि लिएर काम गर्न चाहिरहेका छन् । तर, यो जोडीले धेरै भिडियो गर्दा फिल्मको क्रेज कम होला, यतातिर पनि ध्यान दिन आवश्यक छ ।

For More videos Log on to Mazzako TV