अभिनेत्री वर्षा सिवाकोटीले लकडाउनको समयमा पनि आफूलाई फिल्मको अफर आइरहेको बताएकी छिन् । मिडिया कुराकानीमा वर्षाले आफूलाई लकडाउनको समयमा पनि आधा दर्जन फिल्मको अफर आएको बताइन् । वर्षाले फिल्मको अफर आएपनि आफूलाई चित्तवुझ्दो कथामा सिनेमाको अफर नआएको बताइन् ।

वर्षाका अनुसार, उनलाई अफर आएका अधिकांश सिनेमाको कथा कोरोनासँग जोडिएको छ । वर्षाले परदेशी २ सिनेमाको छायांकन गरिरहँदा लकडाउन भएको थियो । वर्षाले आफूलाई काम गर्ने पक्का गरेका सिनेमाको छायांकन नै पहिले गर्ने बताएकी छिन् । अफर आएका सिनेमाका निर्माता नयाँ भएको उनको तर्क छ ।

For More videos Log on to Mazzako TV