नायक दिलिप रायमाझीले चलचित्र आदिकवी भानुभक्त आचार्यबाट नेपाली चलचित्रमा पाइला राख्दै गर्दा उनको चर्चा खुबै भयो । चलचित्र खेलौनामा उनी र नायक सुशिल क्षेत्री कोरस थिए । उनै, नायक दिलिप कुनै समयमा नेपालका सर्वाधिक माग भएका नायक थिए । नायक राजेश हमाललाई समेत उनले उछिने भन्ने चर्चा भयो ।

दिनमै ३ वटासम्म चलचित्रमा उनले काम गरे । दिलिपले चलचित्र दर्पणछाया, जिन्दगानी लगायतमा काम गर्दा उनको अभिनय र नृत्यको फ्यान लाखौ दर्शक थिए । यसपछि दिलिपले काम गरेका केही चलचित्र चले । उनका चलचित्रले व्यवसायिक रुपमा पनि उस्तै सफलता हासिल गरेका छन् ।

नृत्यमा र अभिनयमा उनलाई भेट्ने नायक सो समयमा नै थिएनन् । उनै, दिलिपको आज जन्मदिन हो । अमेरिकामा बसोबास गर्दै आएका दिलिप नेपाली चलचित्रमा आज पनि व्यस्त छन् । उनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

For More videos Log on to Mazzako TV