नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक भूवन केसी आज आफ्नो जन्मदिन मनाउँदैछन् । कोरोना भाइरसको संक्रमण बढीरहेकाले भूवनको कुनै कार्यक्रम गर्ने योजना भने छैन । तर, उनले घरमै परिवारसँग जन्मदिन मनाउनेछन् । नायक भूवन केसीले नेपाली चलचित्र क्षेत्रमा जुनीबाट प्रवेश गरेका हुन् ।

यसपछि भने उनले कहिले पनि पछाडि फर्किएर हेर्नु परेन । भूवन केसीले अभिनय गरेका चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् । रजत जयन्ती, सय दिनको सेलिव्रेशन, ५१ दिनको रेकर्ड उनकै चलचित्रले राखेका छन् । भूवन केसी चलचित्र निर्माणमा पनि सफल मानिन्छन् ।

करोडपती, नेपाली बाबु, सुपरस्टार, साथी म तिम्रो, क्याप्टेन, ड्रिम्स लगायतका चलचित्रले उनले बनाएका छन् । आज पनि भूवन नेपाली चलचित्र निर्माणमा व्यस्त छन् । नेपाली चलचित्रका सदाबहार नायकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

For More videos Log on to Mazzako TV