अरुण थापाको बायोपिक रोकियो, प्रदिप र दिनेशको नयाँ सहकार्य
अभिनेता प्रदिप खड्काले निर्माता सन्तोष सेनको सिनेमा ‘हुतुतु’ भन्दा अगाडि अर्को एक सिनेमामा काम गर्ने भएका छन् ।

प्रदिपले निर्देशक दिनेश राउतको सिनेमामा काम गर्न लागेका हुन् । दिनेशको निर्देशनमा प्रदिपले स्वर्गिय गायक अरुण थापाको बायोपिकमा काम गर्ने चर्चा थियो । तर, यो सिनेमा अब रोकिएको छ ।

यसपछि, दिनेशले नयाँ सिनेमाको निर्देशन गर्न लागेका छन् । जसमा, दिनेशले प्रदिपलाई साइन गराइ सकेका छन् ।
‘प्रेमगीत ३’ को रिलिज प्रतिक्षामा रहेका प्रदिपले हुतुतु गर्नु अगाडि यो सिनेमा गर्ने बताइएको छ ।
यो सिनेमालाई सामाजिक कथामा तयार गर्ने तयारी निर्माताको छ ।








