छुल्ठिमको टुटेको मुस्कान
अभिनेत्री छुल्ठिम गुरुङले ‘नोभेम्बर रेन’मा पाएको जस्तो सफलता ‘डायरी’पछि अरु फिल्ममा पाइनन् । आशा धेरै थियो उनीमाथि । तर, दर्शकले निराशा पाए ।

छुल्ठिम अहिले पनि फिल्म र केही म्यूजिक भिडियोमा त व्यस्त छिन् । तर, चाहेको जस्तो सफलता उनले पाएको देखिदैन । सफलताका लागि प्रयास भने उनले जारी राखेकी नै छन् ।
अभिनेत्री छुल्ठिमको फरासिलो बानी भने सबैले मन पराउँछन् । तर, उनी टुटेर मुस्कुराएको कुरा गर्छिन् ।

‘टुटेर पनि जो मुस्कुराई दिन्छ, उसलाई कसले कसरी हराउन सक्छ ? नराम्रो पनि उही बन्दछ, जो रामो भएर टुटिसकेको हुन्छ’ । छुल्ठिमले सामाजिक संजालमा लेखेको कुरा हो यो ।
छुल्ठिम आफू टुटेर पनि मुस्कुराएको कुरा गरिरहेकी छिन् । यसले उनले कतै आफ्नो जीवनको कथा भन्न खोजेकी हुन् कि भन्ने आभाष गराउँछ ।








