अभिनेता अनुप विक्रम शाहीले ललितपुरको झम्सिखेलमा संचालनमा ल्याएको रेष्टुरेन्टमा पुगे अभिनेता अनमोल केसी । अनमोल र अनुपको भेट भएपछि बजारमा चर्चा चल्यो, के दुइले एकसाथ पारसमा काम गर्दैछन् । तर, पारसमा यी दुइले काम गर्न लागेका भने होइनन् ।

सिनेमा बजारमा जे हल्ला चलेपनि अनुप र अनमोल समय समयमा भेट्छन् । अनमोल र अनमोल मिल्ने साथी हुन् । अनमोल अनुपलाई दाई मान्छन् । यसैले पनि उनी समय मिलाएर अनुपसँग भेट गरिरहेका छन् । सिनेमा कृमा यी दुइले काम गरेका थिए ।

कृ को समयमा अनुपको भूमिका काटिएको भन्दै उनी आक्रोशित पनि थिए । सो समयमा अनमोल र अनुपविच सम्बन्ध दरार आएको चर्चा पनि चल्यो । तर, यी दुइको दाजुभाइको सम्बन्ध भने बलियो छ ।

For More videos Log on to Mazzako TV