अभिनेत्री वर्षा राउतलाई लाग्ने एउटै आरोप के हो भने, उनी सिनेमाको पर्दामा मोटी देखिन्छिन् । उनले आफ्नो फिगरलाई मेन्टेन गर्न जानिन् ।
वर्षा यो आरोपबाट मुक्त हुन सकेकी छैनन् । अब, मोटी छु त म के गरौं भन्ने उनको जवाफ आउँछ । वर्षालाई उनका श्रीमान् संजोग कोइरालाले जीमसम्म नपुर्याएका होइनन् । तर, यसले पनि काम गरेन ।

उनै, वर्षा फेरि एकपटक स्लिम बन्ने चक्करमा छिन् । वर्षाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरले पनि यो कुराको पुष्टी गर्छ । उनले, आफू दुब्लाउँदै गएको तस्वीर पोष्ट गरेकी छिन् । जसले गर्दा वर्षा शरीर मेन्टेन राख्नका लागि लागिपरेकी छिन् भन्ने वुझाउँछ ।

वर्षाले दुब्लाउँदै गएपछि नयाँ सिनेमामा उनको मेन्टेन फिगर दर्शकले हेर्न पाउने अपेक्षा गर्न सकिन्छ ।

For More videos Log on to Mazzako TV