जसिताको धिरजलाई यस्तो शुभकामना
अभिनेता धिरज मगरको जन्मदिन सेप्टेम्बर १० मा हो । उनलाई बिहिबार उनका फ्यानले जन्मदिनको शुभकामना दिए । तर, अभिनेत्री जसिता गुरुङको जन्मदिनको शुभकामना धिरजका लागि विशेष थियो । किनकी, जसिताले उनलाई फरक तरिकाले शुभकामना दिएकी थिइन् ।

धिरजका लागि जसिताले २ तस्वीर पोष्ट गर्दै गोल्ड भएर रहनु भनेर लेखेकी थिइन् । जहाँ, तस्वीरमा धिरज र जसिताको आत्मियता देखिएको थियो । यी दुई कलाकार सिनेमा आई एम ट्वान्टी वानमा काम गर्दैछन् । यो सिनेमाका कारण पनि उनीहरु नजिक भएका छन् । तर, सिनेमा क्षेत्रमा आउनु अगाडि धिरज र जसिता प्रेममा रहेको पनि बताइन्छ । जे भएपनि धिरजका लागि जसिताको शुभकामना भने विशेष देखियो ।
For More videos Log on to Mazzako TV







