के स्वस्तिमा पनि बन्लिन् गायिका ?
स्वर खासै राम्रो छैन, तर गायिका बन्न मन छ । अभिनेत्री स्वस्तिमा खड्काले भनेको कुरा हो यो । नेपाली फिल्ममा अभिनेत्रीहरु पनि गायिका बनिरहेका छन् । तर, उनीहरुले सफलता भने पाएका छैनन् । स्वस्तिमा पनि गायिका बन्ने सोचमा छिन् । लकडाउनको समयमा निश्चल बस्नेतसँग उनले घरमै गीतको प्राक्टिक्स त गरिन् ।

उनी ढिलो चाडो गीत गाउने र राम्रो लागेको खण्डमा मात्र सार्वजनिक गर्ने बताउँछिन् । स्वस्तिमाले अझै पनि आफूले सिनेमा र विभिन्न कामबाट १५ लाख भन्दा बढी रकम उठाउन बाँकी रहेको पनि बताएकी छिन् । अभिनेत्री स्वस्तिमा खड्का हालैमात्र सिनेमा चिसो मान्छेमा अनुवन्धित भएकी छिन् ।
For More videos Log on to Mazzako TV







