फिल्मबाट टाढा बस्न नसक्ने साम्राज्ञी
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफू फिल्मबाट टाढा बस्न नसक्ने बताएकी छिन् । अभिनेता भूवन केसीसँगको लफडापछि साम्राज्ञीले फिल्म नखेल्ने भन्ने हल्लाहरु पनि चलेका थिए । तर, साम्राज्ञीले हालै एक अन्तरवार्तामा आफू फिल्मबाट टाढा बस्न नसक्ने जनाउँदै फिल्म मेकिङ पढ्न चाहेको उल्लेख गरेकी छिन् ।

साम्राज्ञी नेपाली फिल्ममा महंगो पारिश्रमिक लिने कलाकारमा पर्छिन् । उनै, साम्राज्ञीले फिल्म क्षेत्र नै अहिले समस्यामा परेका कारण आफूले पनि पारिश्रमिक कम गरेर काम गर्न तयार भएको उल्लेख गरेकी छिन् । साम्राज्ञीले सहमतीमा मिलेर काम गर्नुपर्ने पनि उल्लेख गरेकी छिन् ।
साम्राज्ञीले एक सिनेमामा काम गर्ने संझौता गरिसकेकी छिन् भने हुतुतुका लागि उनलाई अफर गरिएको छ ।
For More videos Log on to Mazzako TV







