गौरीको प्रधानमन्त्रीलाई आग्रहः बालुवाटार भन्दा बाहिर पनि देश छ
अभिनेत्री गौरी मल्लले बालुवाटार र सिंहदरबार भन्दा पनि बाहिर नेपाल रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा खोल्न आग्रह गरेकी छिन् ।

सामाजिक संजालमा लामो स्टाटस कोर्दै गौरीले कोरोनाका कारण नेपाल फर्किएका नेपालीहरु फेरि कामका लागि भन्दै भारत फर्किएको तर नेपाल सरकारले उनीहरुलाई रोक्न कुनै पहल नगरेको भन्दै प्रधानमन्त्रीलाई नागरिकको जीवनरक्षा गर्न अपिल गरेकी हुन् ।
गौरीले ट्रोल बन्दा प्रधानमन्त्री रमाएपनि आफूहरुलाई भने लज्जाबोध हुने बताइन् । उनले, हाँसोको भन्दा पनि गर्वको पात्र बन्न ओलीलाई आग्रह गरेकी छिन् ।
आफ्ना नागरिकहरुलाई नेपालमै बस, जे गर्नुछ हामी गर्छौ भनेर राज्यले ढाडस दिन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएकी छिन् ।








