पारसमा अनमोलको समय
अभिनेता अनमोल केसी लकडाउनमा कसरी समत बिताइरहेका छन् भन्ने तपाइलाई लाग्न सक्छ । अनमोल केसी अभिनित सिनेमा ए मेरो हजुर ४ को काम पनि रोकिएको छ । यसैले अनमोल विगत लामो समयदेखि खाली नै छन् । यो समयमा बरु उनले महंगा विज्ञापनमा काम गरे ।

यसले अनमोललाई फाइदा नै दियो । उनै, अभिनेता केसी अहिले सिनेमा पारसको स्क्रिप्टलाई बलियो बनाउन लागिपरेका छन् । लेखक प्रदिप भारद्धाजको साथमा उनी केही समयदेखि स्क्रिप्टमा छन् । यो सिनेमाको कथा मन पराएपछि अभिनेता भूवन केसीले निर्माता माधव वाग्लेसँग सहकार्य गरेका थिए ।
यसैले पनि अभिनेताले ए मेरो हजुर ४ पछि सिनेमा पारसमा काम गर्नेछन् । पारसको कथा बलियो बनाउने दैनिक रुपमा स्क्रिप्ट राइटर आफ्नो टिमसँग अनमोल बस्ने गरेका छन् ।
For More videos Log on to Mazzako TV







