नेपाली चलचित्रको निर्देशनमा सुदर्शन थापाको नाम नयाँ होइन । थापा चलचित्र मेरो एउटा साथी छ निर्देशन गरेर उदाएका थिए । यसपछि, उनले कहिले पछि फर्किएर हेर्ने परेको छैन । उनी लभ स्टोरी चलचित्र निर्देशनमा निकै सफल मानिन्छन् ।

मेरो एउटा साथी छ, प्रेमगीत, म यस्तो गीत गाउँछु जस्ता हिट लभ स्टोरी सिनेमा निर्देशन गरेका उनले अझै पनि, चंखे शंखे पंखेमा पनि काम गरेका छन् । निर्देशक थापा नेपाली फिल्ममा स्टार जन्माउने निर्देशक पनि हुन् । उनले, पल शाह, प्रदिप खड्का, आर्यन सिग्देल, पूजा शर्मा, नम्रता श्रेष्ठ, आकाश श्रेष्ठ जस्ता कलाकारलाई स्टार बनाए ।

सुदर्शनले निर्देशन गरेको म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन रिलिजका लागि तयार भएको छ । लभ स्टोरी फिल्मका सफल निर्देशकलाई जन्मदिनको शुभकामना ।

For More videos Log on to Mazzako TV