अभिनेता पल शाहले आफू अभिनेत्री आँचल शर्माको बिहेमा नगएर दुश्मन नबनेको बताएका छन् । उनले, एक टेलिभिजनमा कुरा गर्दै आँचल आफ्नो मिल्ने साथी भएको बताएका हुन् । उनले आफूलाई मनपर्ने अभिनेत्रीहरुमा निरुता सिंह, नम्रता श्रेष्ठ र आँचल शर्मा रहेको पनि बताए ।

उनले आँचललाई राम्रो मानिस र अभिनेत्री भनेका छन् । उनले उदिप श्रेष्ठ र आँचलको जोडी राम्रो रहेको पनि बताएका छन् । उनले, आफू मुक्तीनाथ गएकाले आँचलको बिहेमा सहभागी हुन नपाएको भन्दै माफी पनि मागेका छन् । पलले बिहे वा व्रतबन्धनमा गएन भनेर कोही दुश्मन नै नहुने पनि बताएका छन् ।

पलले आँचलसँग काम गर्न आफूलाई कुनै समस्या नभएको पनि बताएका छन् । आँचल र पलले पहिले फिल्म र म्यूजिक भिडियोमा काम गर्दै आएका थिए । तर, सम्बन्ध विग्रिएपछि दुइले एकसाथ काम गरेका छैनन् ।

For More videos Log on to Mazzako TV