गौरी लेख्छिन्–‘मानिस भएकोमा लज्जावोध भैरहेको छ’
आखिर, अभिनेत्री गौरी मल्लले किन आफूलाई मानिस भएकोमा लज्जाबोध महशुश गरिरहेकी छिन् । सामाजिक संजालमा स्टाटस कोर्दै उनले आफूलाई आज मानिस भएकोमा लज्जावोध भएको लेखिन् । गौरीले मानिस यो हदसम्म क्रुर र हिंस्रक कसरी हुनसक्छ त्यो पनि धर्मको आडमा भन्दै प्रश्न गरेकी छिन् ।

गौरीले आफू यस्ता अमानविय गल्तीहरु गर्ने अनी सरकारलाई मात्र केही गरेन भनेर दोषारोपण गर्न मिल्छ भनेर प्रश्न गरेकी छिन् । पाटनमा रथ तान्ने क्रममा भएको घटना र ट्राफिक प्रहरीमाथि भएको अमानविय हमलालाई लक्षित गर्दै गौरीले आफ्नो विचार राखेकी हुन् । पुल्चोकमा भएको घटनाको कलाकर्मीहरुले विरोध गरेका छन् । गौरीले भने आफूलाई मानिस भएकोमा नै लज्जावोध भएको उल्लेख गरेकी छिन् ।
For More videos Log on to Mazzako TV







