अभिनेत्री स्वेता खड्काले एक सिनेमामा काम गर्न लागेको खबर बाहिरिएसँगै उनको भूमिकाको बिषयमा पनि चर्चा चलिरहेको छ । यम थापाको निर्देशनमा बन्न लागेको सिनेमाका लागि स्वेताले लिखिति संझौता गरिसकेकी छिन् । यो सिनेमामा स्वेताले आमाको भूमिकामा काम गर्न लागेकी छिन् । स्वेताले सिनेमाको पर्दामा आमाको भूमिकामा काम गर्न लागेको पहिलो पटक हो ।

सिनेमाका लागि ३ जना पात्र मात्र हुनेछन् । स्वेता र २ बाल कलाकार सिनेमामा हुनेछन् । एक बाल कलाकारको रुपमा कलाकार सेड्रिना शर्मालाई अफर गर्ने तयारी गरिएको छ । सेड्रिनाले सिनेमा साइन गरेको खण्डमा उनी स्वेताकी छोरीको भूमिकामा देखिनेछिन् । सिनेमालाई असोजबाट छायांकन सुरु गर्ने तयारी यसको निर्माताको छ ।

For More videos Log on to Mazzako TV