अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्की फिल्म प्रसाद २ मा काम गर्न तयार भएका छन् । उनीहरुले, सौरभ चौधरीको निर्देशनमा बन्न लागेको सिनेमा साइन गरेका छन् । उनीहरुले महंगो रकममा सिनेमा साइन गरेपनि बजारमा आएजस्तो २५ लाखको हल्ला भने नभएको वुझिएको छ ।

सिनेमा प्रसाद २ लाई सुशिल पौडेलले लेखेका हुन् । सुशिलले लेखेको प्रसादले तारिफ पाएको थियो । यसपछि सिनेमालाई सौरभ चौधरीले निर्देशन गर्दैछन् भने सुभाष थापा यसको निर्माता हुन् । सिनेमालाई प्रसादको प्रिक्वेल र सिक्वेल दुबै भनिएको छ ।

सिनेमा प्रसाद २ का लागि प्रसादका भिलेन निश्चल बस्नेतसँग पनि मौखिक सहमती भैसकेको छ । यो सिनेमालाई सरकारले छायांकन अनुमती दिएपछि छायांकनको काम सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

For More videos Log on to Mazzako TV