नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिए । उनले, एक छोटो चलचित्रका लागि आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । तर, यो गेटअप अन्य चलचित्रमा परिवर्तन गरे जस्तो साधारण खालको भने छैन ।

आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी तेश्रो लिङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि न्यूड दृश्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।आयुष्मानले यो सिरिजको कथा बारेमा भनेका छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो ।

यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’

For More videos Log on to Mazzako TV