स्वेताको नयाँ फिल्म
अभिनेत्री स्वेता खड्काले नयाँ फिल्ममा काम गर्ने भएकी छिन् । उनले, सिनेमा राज्जा रानी र हुर्रेका निर्देशक यम थापाले बनाउन लागेको नयाँ फिल्ममा काम गर्न लागेकी हुन् । यो सिनेमाका लागि मौखिम सहमती भैसकेको स्वेताले बताएकी छिन् ।

स्वेताका अनुसार, उनलाई कथा मन परेको छ ।यम थापाले सुनाएको कथा मनपरेपछि मौखिक रुपमा काम गर्छु भनेको स्वेताले बताइन् । पारिवारिक कथामा यो सिनेमा बन्दैछ ।
सिनेमामा स्वेता आमाको भूमिकामा देखिन लागेको वुझिएको छ । स्वेता आफैले नयाँ फिल्म बनाउने काम भने लकडाउनका कारण रोकेकी छिन् । उनले कान्छी फिल्म आफै बनाएकी थिइन् ।








