अभिनेता आशिरमान देशराज जोशी आजबाट २२ बर्षमा प्रवेश गरेका छन् । अभिनेता जोशी वि.सं २०५५ साल भदौको १४ गते जन्मिएका हुन् । नेपाली फिल्म क्षेत्रमा आशिरमानले काम गरेको पहिलो फिल्म ग्याङस्टार ब्लूज हो । यो फिल्मले आशिरमानलाई चर्चामा त ल्यायो तर सफलता दिलाउन सकेन ।

यसपछि, आशिरमानले दोश्रो फिल्मको रुपमा दि ब्रेकअपमा काम गरेका थिए । दोश्रो फिल्म पनि उनको फ्लप नै भयो । दुबै फिल्म फ्लप भएपछि आशिरमानले नयाँ फिल्म साइन गरेका छैनन् । आशिरमान राम्रो कथामा कमब्याक गर्ने कोशिशमा छन् । आशिरमानलाई जन्मदिनको अवसरमा उनका फ्यान, आफन्त र परिवारले शुभकामना दिइरहेका छन् । उनले भने जन्मदिनको केक काट्दै गरेको तस्वीर शेयर गरेका छन् ।

For More videos Log on to Mazzako TV